१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १७ आइतबार
  • Friday, 05 July, 2024
२o७९ पौष १७ आइतबार २२:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

सामना र समाज कल्याण त्रिवेणी कपको सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १७ आइतबार २२:५८:oo

लमजुङको  सदरमुकाम बेँसीसहरमा जारी ३०औँ त्रिवेणी कप फुटबल प्रतियोगितामा आइतबार दुई टिम सेमिफाइनलमा प्रवेश गरेका छन् । 
सामना युवा क्लब तुरतुरे तनहुँ र समाज कल्याण युवा क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेका हुन् । 

आइतबार भएको क्वार्टरफाइनलमा बुद्ध युवा क्लब भोटेओडारलाई १–० गोल अन्तरले हराउँदै सामना अन्तिम चारमा पुगेको हो । सामनाको जितमा विपिन कँडेलले १५औँ मिनेटमा निर्णायक गोल गरेका थिए । 

क्वार्टरफाइनलमा समाज कल्याण काठमाडौं नखिपोट युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै अन्तिम चारमा पुगेको हो । 

खेलको निर्धारित र थप गरिएको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा समाज कल्याणका एलेक्स, निशान्त, पुस्कर खड्का र सन्तोष श्रेष्ठले गोल गरेका थिए । 

नखिपोटका युवराज ढकाल र करणले गोल गर्दा राम शाही र भरत शाह गोल गर्न चुके । पेनाल्टीअघि भरत शाहले गोल गर्दै नखिपोटलाई अग्रता दिलाएका थिए । तर, अब्दुल्लाहले गोल गर्दै समाज कल्याणलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

यस्तै, नखिपोटका आशिष सुनार र समाज कल्याणका अब्दुल्लाहले रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा समेटिएका थिए ।

अब पहिलो सेमिफाइनलमा बागमती एफसी र सामना एफसीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा समाज कल्याण र रोड्स रामपुरबीच प्रतिस्पर्धा हुनेछ ।  

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ । 

यस्तै, सेमिफाइनलमा पराजित टोलीले ५०–५० हजार पाउनेछन् । सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले जनही १५ हजार पाउनेछन् । प्रतियोगितामा देशभरका १४ टिमले सहभागिता जनाएको त्रिवेणी युवा क्लबका अध्यक्ष विनोद गुरुङले बताए ।  प्रतियोगिताको फाइनल खेल १९ पुसमा हुनेछ ।

ad
ad
ad
ad