Skip This
शेखर भन्छन्- ‘महामन्त्री’ले वक्तव्यबाट अधिवेशन माग्ने होइन, गराउने हो 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १७ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १७ आइतबार १९:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शेखर भन्छन्- ‘महामन्त्री’ले वक्तव्यबाट अधिवेशन माग्ने होइन, गराउने हो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १७ आइतबार १९:५१:oo

कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नीति अधिवेशन अविलम्ब गर्नुपर्ने माग गरेका छन्। 

बिपी विचार राष्ट्रिय समाज प्रदेश नं १ समितिद्वारा आज यहाँ आयोजित ‘बदलिएको राजनीति, चुनौतीहरू र राष्ट्रिय तथा मेलमिलापको आवश्यकता’ विषयक संगोष्ठीमा उनले नेतृत्वलाई महामन्त्रीहरूले नीति अधिवेशन गर्न वक्तव्यमार्फत माग गर्ने होइन गराउनेतर्फ पहल सुरु गर्नुपर्ने धारणा राखे। 

नेता डा. कोइरालाले नेपाली जनता प्रजातन्त्रविना बाँच्न नसक्ने हुनाले नेकांले यसको संरक्षण र जोगाउने कार्यमा सदैव तयार रहनुपर्नेमा जोड दिए। उनले भोलिको नेपाल बनाउने युवापुस्ता भएकाले उनीहरूलाई  राष्ट्र, राष्ट्रियता र समाजवादका साथै बिपी, गणेशमानलगायतका नेताबारे जानकारी गराउन विद्यालयस्तरमा अन्तर्क्रिया गर्न आग्रह गरे। 

कांग्रेसका अर्का केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य अमृत अर्यालले पार्टीभित्र रहेको मनमुटाव हटाई एक ढिक्का भएर आगाडि बढ्नु आजको आवश्यकता भएको बताए।

समाजका अध्यक्ष दीपक लोहनी, पूूर्वमन्त्री शिवकुमार बस्नेत, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरे र सुधीर अर्यालले नेतृत्वले निर्वाचनमा गठबन्धन किन गरियो र किन जोगाउन सकिएन भन्नेबारे जवाफ दिनुपर्ने बताए।