१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १४ बिहीबार
  • Wednesday, 03 July, 2024
२o७९ पौष १४ बिहीबार o८:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बालकको हत्यामा संलग्न पक्राउ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १४ बिहीबार o८:४७:oo

हेटौँडा उपमहानगरपालिका– १६ मा गत सोमबार हात बाँधेर रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेका बालकको हत्या भएको खुलेको छ । मकवानपुर प्रहरीले हेटौँडा– १६ बाबेडाँडाका मेघबहादुर थिङका १२ वर्षीय छोरा मुस्कान भनिने सुजन थिङको हत्यामा संलग्न व्यक्ति पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले सोही स्थानका ३८ वर्षीय आइतसिं भोम्जनलाई बालकको हत्यामा संलग्न भएको भन्दै सार्वजनिक गरेको हो ।

प्रहरीले भोम्जनलाई मंगलबार शंका लागेपछि सोधपुछको लागि नियन्त्रमा लिएको थियो । सोधपुछका क्रममा भोम्जनले बालक थिङको हत्या आफूले गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । 

भोम्जनले बालकले आफूलाई जिस्क्याएको र उनीमाथि आक्रमण गर्दा संवेदनशील अंगमा लागेर मुस्कानको मृत्यु भएको बयान दिएको प्रहरी प्रवक्ता कार्कीले बताए । बालक घरबाट हराएको भन्दै खोजतलास गर्ने क्रममा आइतबार बिहान घरबाट अन्दाजी तीन सय मिटर पर जरुंगे सामुदायिक वनमा दुवै हात बाँधिएको अवस्थामा क्यामुनाको रूखमा झुन्डिएको अवस्थामा फेला परेका थिए । 

मुस्कानको हात बाँधिएको पाइएपछि प्रहरीले हत्या आशंकामा अनुसन्धान सुरु गरेको थियो । प्रहरीले बालकको हत्यामा संलग्न भएको हुन सक्ने अनुमानमा सातजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ गरेको प्रवक्ता कार्कीले जानकारी दिए । 

प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न तालिमप्राप्त कुकुरको प्रयोग गरी अनुसन्धान गरेको जनाएको छ । बालक मुस्कानको हत्यामा संलग्न भोम्जनलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसुरको दफा १७७ बमोजिम कसुर गरेकोले जन्मकैदसम्मको सजाय हुने सक्ने प्रहरीले जनाएको छ ।

ad
ad
ad
ad