१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार ११:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपाली बालबालिकालाई अमेरिकन टिकटक ग्रुपको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:५o:oo

अमेरिकन टिकटक ग्रुपले नेपाली बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । गोकर्णस्थित संयुक्त अपांग एकता आवाज केन्द्रमा रहेका ५७ बालबालिका र बसुन्धरास्थित फिलासोफिस्का नेपालका ५४ बालबालिकालाई ट्र्याकसुट वितरण गरेको हो ।

समाजसेवी सोनाम गेल्बु शेर्पाको अगुवाइमा अमेरिकन टिकटक ग्रुपमा आबद्ध गोविन हुमागाईं, टेक गुरुङ, सर्मन आले, मणि बाङ्देल राई र राजन श्रेष्ठले सहयोग गरेका छन् । 

हुमागाईंले दुई सय, गुरुङले दुई सय, आलेले एक सय ४०, राईले एक सय एक र श्रेष्ठले ५१ डलर सहयोग गरेको शेर्पाले जानकारी दिए । प्राप्त सहयोग रकममा थप गरेर बालबालिकाका लागि ट्र्याकसुट, बिस्कुट र चकलेट वितरण गरिएको शेर्पाले बताए । 

नेपाल आएको अवसर पारेर सहयोग गरेको शेर्पाले बताए । शेर्पाले समस्यामा परेका समुदाय र व्यक्तिका लागि निरन्तर सहयोग गर्दै आएका छन् । ‘मान्छे भएपछि सकेको सहयोग गर्नुपर्छ । प्रचारको हिसाबले हामी काम गर्दैनौँ,’ उनले भने, ‘वास्तविक पीडितसम्म सहयोग पुग्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।’

आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने उनले बताएका छन् । शेर्पाको अगुवाइमा अमेरिकामा बस्ने नेताहरूले नेपालका कोराना प्रभावितहरूलाई सहयोग गरेका थिए । यसअघि मुसहर र चेपाङ बस्तीमा पनि राहत वितरण गरिएको थियो ।

संयुक्त अपाङ्गंग एकता आवाज केन्द्रले द्वन्द्व प्रभावित, आमाबाबु नभएका, आमाबुबा जेलमा परेका र सडकमा अलपत्र परेका बालबालिकालाई संरक्षण दिँदै आएको छ । केन्द्रमा बसेर अध्ययन गरेका १० जनाले रोजगारी पाइसकेको केन्द्रका संस्थापक तिलबहादुर कार्कीले जानकारी दिए ।फिलासोफिस्का नेपालले बालबालिकालाई निःशुल्क शिक्षा दिँदै आएको छ । यहाँ हाल ५४ जना विद्यार्थी अध्ययनरत छन् ।
 

ad
ad