१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार २o:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रचण्डले माधव नेपाललाई फूलमालाले स्वागत गर्नुपर्छ : वामदेव

निःशर्त सरकारमा सहभागी हुन नेपाललाई गौतमको सुझाब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:१२:oo

नेकपा एकता राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रचण्ड नेतृत्वको सरकारमा निःसर्त सहभागी हुन सुझाब दिएका छन् । 

तीनकुनेस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा नेपालसहित सो पार्टीका नेताहरूसँग लामो छलफलमा गौतमले यस्तो सुझाब दिएका हुन् । 

छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गौतमले नेपाललाई फूलमाला लगाएर नेपाल नेतृत्वको पार्टीलाई सरकारमा स्वागत गर्न प्रधानमन्त्री प्रचण्डलाई पनि आग्रह गरेका छन् । 

‘संविधानलाई ट्रयाकमा ल्याउन प्रचण्ड प्रमुख भूमिकामा देखिए पनि त्यसको आधा मुटु, आधा ब्रेन, आधा शक्ति माधवकुमार नेपाल हुन्,’ गौतमले भने, ‘माधवकुमार नेपाल त्यहाँबाट छुट्नुहुँदैन । प्रचण्डले उहाँलाई बोलाएर फूलमाला लगाएर गठबन्धनमा लैजानुपर्छ ।’ 

उनले अहिले सानै देखिए पनि एकीकृत समाजवादी प्रचण्डलाई यो भूमिकासम्म पुर्याउने प्रमुख पार्टी भएको बताए । 

ad
ad