मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १२ मंगलबार
  • Thursday, 19 December, 2024
रासस काठमाडौं
२o७९ पौष १२ मंगलबार १३:५५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्डसँग उद्योग परिसंघका पदाधिकारीको भेट

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १२ मंगलबार १३:५५:oo

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल उद्योग परिसंघको टोलीले भेटवार्ता गरेको छ। अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार बिहान प्रधानमन्त्रीको निजी निवास खुमलटारमा भेटवार्ता गरेको हो।

सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले निजी क्षेत्रको तर्फबाट बधाई एवं शुभकामना दिँदै  चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधार नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिए। परिसंघले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणा प्रधानमन्त्रीसमक्ष पेस गरेको छ।

परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न  वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रवर्द्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ।

सो अवसरमा प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रबाट यस्तै खालको सुझाव खोजेको बताए। उनले भने, ‘मैले निजी क्षेत्रबाट यस्तै अपेक्षा गरेको थिएँ। परिसंघले स्पष्ट रूपमा सुधारका योजना दिएको छ, यसका लागि परिसंघलाई धन्यवाद।’  प्रधानमन्त्री दाहालले सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधान गर्नुमै रहेको र यसका लागि परिसंघसँग सरकारले सहकार्य गर्ने बताए।