तेस्रोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय पोसाकमा शपथ लिएका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिएका छन्।
०६५ र ०७३ सालमा प्रधानमन्त्री हुँदा सर्ट, पाइन्ट, कोट, टोपी र टाई लगाएका प्रचण्डले यसपटक दौरासुरुवाल लगाएका हुन्। यसअघि प्रचण्डले सार्वजनिक समारोहमा दौरासुरुवाल लगाएको देखिएको छैन।