१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १० आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १० आइतबार १२:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन गर्दा पनि सामान्य बहुमत छैन, लचक बनौँ : विश्वप्रकाश शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १० आइतबार १२:२३:oo

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धनले लचकता अपनाउनुपर्ने बताएका छन्। गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको भन्दै उनले प्रधानमन्त्रीको विषयमा लचक हुन आवश्यक रहेको औँल्याएका हुन्।

कांग्रेस र माओवादीले दुई–दुई तथा एकीकृत समाजवादीले एक वर्ष प्रधानमन्त्री पाउने सहमतिमा परिपक्वता रहेको उल्लेख गर्दै शर्माले इमानदार भएर सहमति कार्यान्वयन गर्न आवश्यक रहेको बताए।

‘एक्लो बहुमत हामी कसैसँग छैन। गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थिति छ । त्यसैले लचकता, सहकार्य र विश्वासको त्रिवेणी मन्त्र आत्मसात् गरौँ !' शर्माले ट्विटरमा लेखेका छन्, ‘दुई–दुई–एकमा परिपक्वता छ। तर, इमानदार कार्यान्वयनका लागि पारदर्शी एकता उत्तिकै जरुरी छ।

यद्यपि, गठबन्धनको मुख्य असहमतिको विषय पहिलो कार्यकाल को प्रधानमन्त्री बन्ने ? भन्ने विषयमा भने शर्माले कुनै धारणा राखेका छैनन्।