१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ८ शुक्रबार ०८:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकाको फोहोर व्यवस्थापन एक साता प्रभावित हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ८ शुक्रबार ०८:१२:००

काठमाडौं महानगरको फोहोर व्यवस्थापन एक साताका लागि प्रभावित हुने भएको छ । सिसडोलदेखि बन्चरेडाँडासम्मको दुई किमि सडक मर्मत गर्नुपर्ने भएकाले आइतबारदेखि एक साता फोहोर ढुवानी रोकिन लागेको हो । 

सिसडोल–बन्चरेडाँडातर्फको सडक स्थायी रूपमा ढलान तथा कालोपत्रे गर्नुपर्ने भएकाले एक साताका लागि फोहोर ढुवानी रोक्न सहरी विकास मन्त्रालयले महानगरलाई आग्रह गरेको छ । सोहीअनुसार महानगरले ढुवानी रोक्ने तयारी गरेको हो । ढुवानी बन्द भएपछि उपत्यकामा नियमित फोहोर व्यवस्थापन कार्य प्रभावित हुनेछ । तर, सडकमै फोहोर थुप्रने गरी व्यवस्थापन नरोकिने महानगरले जनाएको छ । यदि फोहोर सडकमा जम्मा हुने अवस्था देखिएका टेकुमा लगेर थुपारिनेछ । 

हाल उपत्यकामा दैनिक एक हजार दुई सय मेट्रिकटन फोहोर उत्पादन हुन्छ । सो फोहोरमध्ये झन्डै ७५ प्रतिशत फोहोर सिसडोलमै व्यवस्थापन हुँदै आएको छ । अन्य फोहोर भने निजी कम्पनीसँगको सहायतामा यही व्यवस्थापन हुन्छ ।