मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष ६ बुधबार ११:३१:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

मानव अधिकार फिल्म फेस्टिभल आज सकिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष ६ बुधबार ११:३१:००

समापनमा ‘फोर नाइट्स’ देखाइने 

नेपाल पर्यटन बोर्डमा जारी १०औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आज समापन हुँदै छ । महोत्सवको समापन समारोहमा दीपक रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’ प्रदर्शन गरिने महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिए । फिल्ममा कलाकार दयाहाङ राई र आशा मग्रातीको अभिनय छ । यसअघि ‘फोर नाइट्स’ बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो ।

महोत्सवमा प्रदर्शनका लागि कथानक चलचित्र, वृत्तचित्र, एनिमेसनलगायतका नेपालसहित  २५ देशका ६४ वटा चलचित्र छनोट गरिएको आयोजकले जनाएको छ । महोत्सवमा प्रदर्शन गरिने चलचित्रमध्ये चार विधामा उत्कृष्ट स्थान हासिल गर्नेलाई नगदसहित अवार्ड प्रदान गरिनेछ । त्यस्तै, महोत्सवमा उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि अवार्ड प्रदान गरिनेछ ।

आइतबारदेखि ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’को नारासहित आयोजना भएको महोत्सवको उद्घाटनमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्पेचर्स :  टप अफ द वर्ल्ड’ देखाइएको थियो । 

महोत्सवको दोस्रो दिन चलचित्र प्रदर्शनसँगै ‘जलवायु परिवर्तन र न्यायसम्बन्धी’ विषयमा मानव अधिकारकर्मी, जलवायुसम्बन्धी विज्ञ, चलचित्रकर्मीहरूसँग प्यानल छलफल पनि गरियो । यस्तै, महोत्सवको तेस्रो दिन पनि ‘लुकेर बसेका कथाहरूलाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने ?’ भन्नेबारे भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यले मास्टर क्लास दिएका थिए ।