१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
पुरुषोत्तम दाहाल, विश्लेषक
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष ६ बुधबार ०९:५१:००
Read Time : > 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

विगतको प्रवृत्ति दोहोरिएको छ, अहिलेको उम्मेदवारीमा नयाँ केही छैन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष ६ बुधबार ०९:५१:००

अन्तर्वार्ता

कांग्रेस संसदीय दलमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको उम्मेदवारी परेको कसरी हेर्नुभएको छ ? 
कांग्रेस लोकतान्त्रिक पार्टी हो । प्रतिस्पर्धा स्वाभाविक हो । अहिले कांग्रेसलाई एक बनाएर लैजानुपर्ने र गठबन्धनलाई मिलाएर नेतृत्व गरेर लानुपर्ने स्थिति छ । कसको नेतृत्वमा गठबन्धनलाई लाने भन्ने विचार गर्नुपर्ने स्थिति छ । विगतमा पनि कांग्रेसमा शेरबहादुर र गिरिजाप्रसाद कोइराला आदि–इत्यादि यस्तै शैलीमा चुनाव भएको देखिन्छ । अहिले विगतकै प्रवृत्ति दोहोरिएको छ, कांग्रेसमा नयाँ केही छैन । अहिले नयाँ पुस्ता, पुराना पुस्ता वा पुस्तान्तरण यी ढोँगी नारा मात्रै हुन् । उहाँहरूले समान खालको अभ्यास गरिरहनुभएको छ । यसले न नयाँ पुस्ता निर्माण गर्छ, न वृद्ध पुस्ता विस्थापन गर्छ ।

अहिले नयाँ पुस्ता, पुराना पुस्ता वा पुस्तान्तरण यी ढोँगी नारा मात्रै हुन् । उहाँहरूले समान खालको अभ्यास गरिरहनुभएको छ । यसले न नयाँ पुस्ता निर्माण गर्छ, न वृद्ध पुस्ता विस्थापन गर्छ ।

कांग्रेसको आन्तरिक राजनीतिमा यसको असर कस्तो पर्नेछ ? 
नयाँ पुस्ताका नाममा ०६० सम्म नेपालको लोकतान्त्रिक आन्दोलनमा काम गरेका मान्छे अपमानित वा विस्थापन गर्ने हो भने कांग्रेसलाई ००७ सालबाट प्रारम्भ गर्नुपर्ने हुन्छ । ०२० अघिको पुस्ता कांग्रेसको सक्रिय राजनीतिमा छैन । उमेरको हिसाबले होइन आन्दोलन र अभियानले सबैभन्दा कठोर यातना सहेको त्यो पुस्तालाई अपमानित गरेर कहिल्यै पनि यातना नभोगेकाले पुस्तान्तरणको नारा दिएका छन्, त्यसले ठूलो योगदान गरेकाको स्वाभिमानमा चोट पुग्छ । कांग्रेसमा सहज नेतृत्व विकास गर्दै गएको भए यो अवस्था आउँदैन थियो । यसले झन् ठूलो रिक्तता र तिक्तताको अवस्था आएको छ ।

कस्तो नतिजाको सम्भावना देख्नुहुन्छ ?
नाटकीय घटना घट्यो भने भन्न सकिन्न । देउवाका सोझो प्रतिस्पर्धी रामचन्द्र पौडेल प्रस्तावक बनेका छन् । कांग्रेसमा त्रिघराना भनेर चिनिएका देउवाकै पक्षमा छन् । संस्थापनविरोधी धार गगनसँग छ, नतिजा पनि त्यहीअनुसार आउला ।