नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। मंगलबार उम्मेदवारी दर्तापछि थापाले देउवालाई संसदीय दलको नेताको दौडबाट पछि हट्न आग्रह गरेका हुन्।
‘मेरो आग्रह छ, मनन गरेर सभापतिज्यूले पनि उम्मेदवारी फिर्ता लिए त्यो ऐतिहासिक हुनेछ,’ उनले भने, आमजनताको मागलाई प्रतिनिधित्व गरेर मत दिनुहुन्छ भन्ने विश्वास छ।’