१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार २o:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमालेले सच्यायो समानुपातिक सूची

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २o:o६:oo

एमालेले समानुपातिकतर्फको नाम सच्याएर निर्वाचन आयोगमा पठाएको छ । निर्वाचन आयोगको पत्राचारअनुसार एमालेले सूची सच्याएर आज पठाएको हो । 

आयोगको समानुपातिक निर्वाचन प्रणालीका सहायक निर्वाचन अधिकृत सहसचिव यज्ञप्रसाद भट्टराईले आज दोस्रोपटक आयोगले पत्राचार गरेपछि एमालेले नाम सच्याएर पठाएको जानकारी दिए । 

यसअघि एमालेले प्राथमिकता क्रम मिचेर आयोगमा उम्मेदवारको अन्तिम सूची पेस गरेको थियो । त्यसपछि सच्याउन आयोगले समय सीमाभित्र दिए पनि सूची यथावत रहेको जवाफ पठाएको थियो । 

तर, आयोगले प्राथमिकता क्रमअनुसार नै उम्मेदवारको सूची सच्याउन आज केही घण्टाको समय दिएर पत्राचार गरेपछि आजै सच्याएर पठाएको हो । 

आयोगका अनुसार एमालेले प्रदेश १ सदस्यमा अल्पसंख्यकतर्फ लहरूमाया जिमीको सट्टा अल्पसंख्यकको प्राथमिकता क्रम ८ मा रहेकी यशोदा कायस्थको नाम कायम गर्न पत्राचार गरेको छ ।

यस्तै, मधेश प्रदेशमा प्राथमिकता क्रम १८ मा रहेका शीला यादवको सट्टा अल्पसंख्यकभित्रको प्राथमिकता क्रम संख्या ८ की राजपतीदेवी जयसवालको नाम कायम गर्न पत्राचार गरेको छ ।

यस्तै, मधेश प्रदेशकै ४० मा रहेकी नाजिमा खातुनको सट्टा क्रम संख्या १ का जैनव खातुनको नाम कायम गर्न पत्राचार गरेको छ ।

ad
ad