१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २६ सोमबार
  • Saturday, 21 September, 2024
गणेश लम्साल विराटनगर
२o७९ मङ्सिर २६ सोमबार १३:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भन्सार कर्मचारीमाथि आक्रमण गर्ने तस्कर मालवस्तुसहित पक्राउ

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ मङ्सिर २६ सोमबार १३:२o:oo

तस्करी नियन्त्रणमा गएका विराटनगर भन्सार कार्यालयका कर्मचारीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले सवारीसाधनसहित एकजनालाई पक्राउ गरेको छ।

विराटनगर भन्सारको ३ नम्बर ढाटपरिसरबाट २३ गते राति भारतको जोगबनीबाट भन्सार छली गरेका मालसामान ल्याएको सूचना पाएपछि पक्राउ गर्न गएका कर्मचारीमाथि आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले विराटनगर १७ का २९ वर्षीय मोहमद सदाम मियाँलाई पक्राउ गरेको हो।

नेपालको मोरङ जिल्लाको विराटनगर महानगर र भारत बिहार राज्यको अररिया जिल्लाको जोगबनी नगर नाकाबाट मियाँको समूहले मिलेमतोमा राति समानान्तर भन्सार चलाएर तस्करी गर्दै आएको थियो। सूचना प्राप्त भएपछि २३ मंसिर साँझ उक्त तस्करी नियन्त्रण गर्न गएका भन्सारका कर्मचारीमाथि सो समूहले ढुंगामुढा गर्दै ज्यान मार्ने धम्की दिएर नियन्त्रणमा लिएका थिए।

सीमा प्रहरी चौकी परिसरमा सिसिटिभीकै निगरानीमा भएको उक्त घटनापछि विराटनगर भन्सारले २५ मंसिरमा तस्करी नियन्त्रणमा प्रहरीले असहयोग गरेकोले कर्मचारी निरीह र असुरक्षित भएको भन्दै  सार्वजनिक विज्ञप्ति जारी गरी विभाग र मन्त्रालयसँग सुरक्षा माग गरेको थियो।

घटना सार्वजनिक भएपछि  मोरङका सिडिओ काशीराज दाहालको नेतृत्वमा २५ मंसिरमा बसेको राजस्व चुहावट नियन्त्रण समितिले दोषीलाई पक्राउ गरी कानुनी कारबाही चलाउन समिति बनाएको थियो। साथै सीमा क्षेत्रमा महिला र बालबालिका प्रयोग गरी हुँदै आएको तस्करी नियन्त्रणमा कडाइ गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार मोरङ प्रहरीले घटनामा संलग्न मियाँसहित उनको समूहले प्रयोग गरेको को.१च २२३५ नम्बरको सवारीसाधन र करिब चार लाख मूल्यबराबरको मालवस्तु पक्राउ गरी भन्सार कार्यालयलाई बुझाएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।