मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २६ सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ मङ्सिर २६ सोमबार ११:o५:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ मङ्सिर २६ सोमबार ११:o५:oo

चियाको स्वाद कसलाई मन नपर्ला र ? अझ, अदुवा हालेर बनाइएको चिया अधिकांशको रोजाइमा पर्ने गर्छ । त्यसमा पनि अदुवा आफैँमा स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक छ ।

- अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ ।
- यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बचाउन सक्छ । 
- त्यस्तै, शरीरको अनावश्यक तौल कम गर्न सहयोग पुर्‍याउँछ । 
- क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।
- रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ । 
- रक्तसञ्चारमा सहयोग पुर्‍याउँछ । 
- पाचन प्रक्रियामा सुधार ल्याउँछ । 
- शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ । 
- महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ । 
- अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ । 
- हड्डी र बाथरोगका बिरामीका लागि फाइदाजनक हो ।