१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २२ बिहीबार
  • Saturday, 28 September, 2024
संजित परियार काठमाडाैं
२o७९ मङ्सिर २२ बिहीबार १o:५५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया प्रिन्ट संस्करण

तस्बिरमा ज्यापु दिवस र यःमरी पुन्ही

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o७९ मङ्सिर २२ बिहीबार १o:५५:oo

नेवारी संस्कृति संरक्षणका लागि आज यःमरी पुन्ही अर्थात् ज्यापु दिवस मनाइएको छ । ज्यापु दिवसको अवसरमा हाकुपटासीमा सजिएका महिलाले विभिन्न परम्परागत बाजा बजाउँदै सहरका विभिन्न गल्ली परिक्रमा गरेर ज्यापु दिवस मनाएका छन् ।

आजको दिन हिन्दू धर्मावलम्बीले धान्यपूर्णिमा, किराँत समुदायले उँधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउने गर्दछन् । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोवास गर्ने नेवार समुदायले आज (बुधबार) धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउने परम्परा छ ।

चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भन्ने गरिन्छ । यःमरी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गर्दछन् । काठमाडौंमा देखिएका केही दृश्य :