१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २१ बुधबार १६:०२:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘गोर्खाली तक्मा’को नयाँ गीत ‘काठमाडौं’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २१ बुधबार १६:०२:००

सांगीतिक ब्यान्ड ‘गोर्खाली तक्मा’ले ‘काठमाडौं’ बोलको गीत रिलिज गरेको छ। गीतमा ब्यान्डका गायक अजित न्यौपाने तथा अतुलराज न्यौपाने (सफिक)ले आवाज दिएका छन्।

काठमाडौं उपत्यकाभित्रका संस्कृति–सम्पदाको संरक्षण र प्रवर्द्धनलाई महत्वका साथ गीतमा समेटिएको छ। गोर्खाली तक्माले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत गीत रिलिज गरेको हो। सुशील सापकोटाले गीतको भिडियो निर्देशन तथा सम्पादन गरेका छन्।

गोर्खाली तक्माले यसअघि ‘वाकिङ फिरिरि’ बोलको गीत रिलिज गरेको थियो। काठमाडौंको ठमेल तथा पोखराको लेकसाइडका क्षेत्रलाई गीतको शब्द सिर्जना गरिएको थियो। जुन गीत  स्वदेश तथा विदेशका अधिकांश नेपालीमाझ लोकप्रिय बनेको थियो।

गोर्खाली तक्माका अजित र अतुलराज न्यौपानेले आधा दर्जन गीत बजारमा ल्याइसकेका छन्। उनीहरूले ग्रामीण क्षेत्रका स्कुलमा सांगीतिक प्रस्तुति दिँदै आइरहेका छन्।