मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ११ बिहीबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ११ बिहीबार o७:२o:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

यू–१८ युथ लिग : थ्री स्टार तेस्रो स्थानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ११ बिहीबार o७:२o:oo

मनाङ मर्स्याङ्दी क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै थ्री स्टार क्लब ललित स्मृति एन्फा यू–१८ युथ लिगको तेस्रो स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बुधबार थ्री स्टारलाई जित दिलाउन न्युसन राई र रोमन श्रेष्ठले समान एक गोल गरेका थिए । मनाङका लागि अमृत बस्यालले गोल गरे ।

जितसँगै २१ खेलमा ४० अंक जोडेको थ्री स्टार तेस्रो स्थानमा उक्लिएको छ । पराजित मनाङ समान खेलबाट २५ अंकका साथ आठौँ स्थानमा छ । खेलको १९औँ मिनेटमा न्युसनको गोलमार्फत थ्री स्टारले अग्रता लिएको थियो । ६०औँ मिनेटमा रोमनले टोलीको अग्रता दोब्बर बनाए । इन्जुरी समयमा अमृतले गरेको गोल मनाङका लागि सान्त्वना बन्यो ।

लिगको एक चरणको खेल बाँकी छँदै विभागीय टोली नेपाल पुलिस क्लब च्याम्पियन भइसकेको छ । पुलिसले पहिलोपटक यू–१८ ललित स्मृतिको उपाधि उचालेको हो । यसअघि त्रिभुवन आर्मी फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी)ले समान दुईपटक उपाधि उचालेका छन् ।

दिनको पहिलो खेलमा सातदोबाटो युथ क्लब र एफसी खुमलटारले गोलरहित बराबरी खेलेका छन् । यो नतिजासँगै जावलाखेल २१ खेलमा २७ अंकका साथ सातौँ स्थानमा छ । खुमलटार समान खेलबाट १२ अंकका साथ ११औँ स्थानमा छ । एन्फा मैदानमा दुवै टोलीले पाएका अवसर गुमाएका थिए ।