२१औँ संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता ०८१ बिहीबार पोखरामा सुरु भएको छ। कास्की जिल्ला टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले उद्घाटन गरेका हुन्।
प्रतियोगिताको पहिलो दिन भएका खेलमा मेन्स सिंगलमा निहाल जंगबहादुर थापाले विष्णु नेपालीलाई ६–१, ६–१ ले, शाश्वत बज्राचार्यले नवीन पाइजालाई ७–५, ६–४ ले तथा दावा सोनाम शेर्पाले सोमझ श्रेष्ठलाई ६–०, ६–२ ले पराजित गरे। आरब हाडाले बोरिस अधिकारीबाट वाकओभर पाए।
४५ वर्षमाथिको मेन्स सिंगलमा विकास गुरुङले माधव भण्डारीलाई, बलराम सापकोटाले दोर्जे लामालाई, हेमराज ढकालले मनोज ढुंगानालाई, हर्क गुरुङले विज्ञान प्रधानलाई पराजित गरे।
मेन्स ३५ वर्षमाथिको सिंगलतर्फ विकास गुरुङ हङकङले प्रकाशराज वाग्लेलाई, प्रकाश गुरुङले सविन श्रेष्ठलाई, गगन महर्जनले मनोज महर्जनलाई, भीष्म गुरुङले हर्षवर्धन रावलाई, डा. मदन थापाले डा. देव थापालाई, मच्छिन्द्र थापाले विष्णु थापालाई, हेमचन्द्र गुरुङले समीर शेरचनलाई, राजकुमार गुरुङले विष्णु चापागाईंलाई, नारायण पहारीले वीरेन्द्र लामालाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएका छन्।