१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १८ आइतबार
  • Monday, 01 July, 2024
२o७९ मङ्सिर १८ आइतबार १८:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

कोइला खानी विस्फोट, ६ श्रमिकको ज्यान गयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १८ आइतबार १८:४४:oo

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको हरनाई जिल्लामा रहेको एक कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ।  

खानीमा फसेका उनीहरूको निसास्सिएर मृत्यु भएको हो। शनिबार जिल्लाको शाहराग कोइला खानीभित्र ६ जना श्रमिकले काम गरिरहेका वेला खानीमा विस्फोट हुँदा कोइलाको केही भाग भत्किएको बताइएको छ। 

अधिकारीहरूका अनुसार खानीभित्र करिब एक हजार ५०० फिट गहिराइमा ग्यास विस्फोट भएपछि आगलागी भएको र श्रमिकहरू खानीमा फसेका थिए। 

स्थानीय सञ्चारमाध्यमका अनुसार त्यस क्षेत्रका कामदार र उद्धार टोली तत्काल घटनास्थलमा पुगेका थिए र उद्धार कार्य सुरु गरेका थिए। 

पाकिस्तानमा रहेका कोइला कम्पनीहरूले आवश्यक सावधानीसहित खानी सञ्चालन नगर्दा वर्षेनी सयौँ मजदुरको दुर्घटनामा मृत्यु हुने गरेका छ । रासस

ad
ad
ad
ad