१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १७:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नयाँ सांसदलाई संसद् सचिवालयका पूर्वमहासचिव भट्टराईका टिप्स : ‘नियमावलीको राम्रो अध्ययन र ज्ञान बढाउनुस्’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:१५:oo

संसद् सचिवालयका पूर्वमहासचिव मनोहर भट्टराईले पहिलोपटक निर्वाचित सांसदहरूलाई नियमावलीको राम्रो अध्ययन र ज्ञान बढाउन सुझाब दिएका छन्। 

नयाँ पत्रिकासँगको कुराकानीमा पूर्वमहासचिव भट्टराईले यस्तो सुझाब दिएका हुन्। 
उनले सबै विषयको राम्रो ज्ञान लिएर प्रस्तुत हुँदा संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सकिने बताएका छन्। 

‘नयाँ निर्वाचित सांसदले सचिवालयसँग सम्बन्धित र नियमावलीअनुसार संसदमा प्रस्तुत हुने कार्यक्रम, तौरतरिका, ऐन–परिधिभित्र रहेर सक्रिय हुन सक्ने क्षेत्र र भूमिकाबारे अहिलेदेखि नै जानकार हुनुपर्छ। कुन शाखाले के काम गर्छ, त्यसबारे थाहा पाउनुपर्छ। यसका लागि सचिवालयले ओरिएन्टेसन कार्यक्रम पनि राख्ने चलन छ, त्यसबाट पनि उहाँहरूलाई बुझ्न सहज हुन्छ,’ उनको सुझाब छ। 

मनोहर भट्टराई, पूर्वमहासचिव, संसद् सचिवालय

नयाँ सांसदका लागि सबैभन्दा महत्वपूर्ण संसद् नियमावलीबारे राम्रोसँग अध्ययन नै भएको उनको भनाइ छ। ‘संसद् नियमावली नबुझी संसदमा सक्रिय हुनै सकिन्न। बाहिर भाषण गरेजस्तो हुँदैन संसद्, यहाँ प्रस्तुत हुने आ–आफ्नै नियम र तौरतरिका छन्। यसबारे जानकार भए मात्रै संसदमा सांसदहरूको भूमिका प्रभावकारी हुन सक्छ,’ उनले भने, ‘नियमावलीमा विधेयक प्रस्तुत हुने तौरतरिका, कसरी सहभागी हुने, समितिमा कसरी सक्रिय हुने, संशोधन गर्नेलगायतबारे जानकारी हुन्छ । नीति निर्माणको प्रक्रियामा कहाँ–कहाँ सक्रिय हुन सकिन्छ, सबै जानकारी नियमावलीमै हुन्छ। त्यस्तै, आफ्नो निर्वाचन क्षेत्रका भावना र चाहनाअनुसार संसदमार्फत पुर्याउनुपर्ने कुराहरूमा पनि सक्रिय हुन सकिन्छ।’ 

उनले नयाँलाई अलिकति अप्ठ्यारो हुने, अभ्यास र अनुभव नभई अगाडि बढ्न अलि गाह्रै हुने भन्दै त्यसैले केही समय सिक्नमा लगाउन सुझाब दिएका छन्। 

‘संसद्को प्रमुख भूमिका त कानुन निर्माण हो। त्यसपछि सरकारको नियन्त्रण र सन्तुलनको भूमिका हो। त्यसपछि आफ्नो निर्वाचन क्षेत्रको प्रतिनिधिका रूपमा खेल्नुपर्ने भूमिका हो। यी सबै कुरालाई नियमावलीले निर्देश गरेको हुन्छ,’ उनले भनेका छन्, ‘त्यसैले नयाँ निर्वाचित सांसदलाई मेरो सुझाव, सबैभन्दा पहिले यी तीन–चार कुरामा ध्यान दिएर नियमावलीको राम्रो अध्ययन र ज्ञान बढाउनुस्, त्यसपछि संसदमा सक्रियता बढाउन सकिन्छ।’ 

ad
ad