१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o८:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

जुन विश्वकपमा सर्वाधिक रातो कार्ड देखाइए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:२७:oo

वेल्सका गोलरक्षक वाएन हेनेसेयले चालू विश्वकपमा इरानविरुद्धको खेलमा रातो कार्ड व्यहोरे । २२औँ संस्करणको कतार विश्वकपमा अहिलेसम्म रातो कार्ड पाउने खेलाडीमा उनी पहिलो हुन् । यद्यपि, दक्षिण कोरियाका प्रशिक्षकले घानासँगको खेलमा रातो कार्ड नै पाए । वेल्सका वाएन रातो कार्ड पाउने विश्वकपका तेस्रो गोलरक्षक पनि बनेका छन् ।

समग्र विश्वकपमा एक सय ७४ खेलाडीले रातो कार्ड पाएका छन् । विश्वकप इतिहासमा पेरूका पासिडो गालिन्डो रातो कार्ड पाउने पहिलो खेलाडी हुन् । सन् १९३० को विश्वकपमा रोमानियासँगको खेलमा उनले कार्ड व्यहोरे । प्रत्येक विश्वकपमा रेफ्रीले रातो र पहेँलो कार्ड देखाउँदै आइरहेका छन् । फिफाको तथ्यांकअनुसार सन् २००६ को विश्वकपमा सर्वाधिक रातो कार्ड देखाइएको थियो । 

जर्मनी (२००६) : रातो कार्ड : २८
सन् २००६ को विश्वकपमा रेफ्रीले सर्वाधिक २८ चोटि रातो कार्ड देखाए । फ्रान्स र इटालीबीचको फाइनलमा समेत खेलाडीले रातो कार्ड पाए । फ्रान्सका प्लेमेकर जिनेदिन जिदानले ‘हेडबट’ इटालीका खेलाडीमाथि प्रहार गरेका थिए । फाइनलको अतिरिक्त समयमा जिदानले रातो कार्ड पाउँदा फ्रान्सले खेलमाथि नियन्त्रण गुमाएको थियो ।

जर्मनीले आयोजना गरेको विश्वकपमा रेफ्रीले २१ रातो कार्ड देखाएका थिए । प्रतियोगिताअन्तर्गत दुई खेलमा तीन तथा एक खेलमा चारपटकसम्म रातो कार्डसमेत देखाइएको थियो । नेदरल्यान्ड्स र पोर्चुगलबीचको प्रिक्वार्टरफाइनल खेलमा चार खेलाडीले रातो कार्ड पाएका थिए । यसैगरी, क्रोएसिया र अस्ट्रेलिया, इटाली र अमेरिकाबीचको खेलमा समान तीनवटा कार्ड रेफ्रीले देखाए । तत्काल नाम चलेका खेलाडीका रूपमा इंग्ल्यान्डका वाइनी रुनी थिए ।  

फ्रान्स (१९९८) : रातो कार्ड : २२
फ्रान्सले पहिलोपटक घरमै विश्वकप उचाल्दा रेफ्रीले २२ रातो कार्ड देखाए । सहभागी १५ राष्ट्रका खेलाडीले रातो कार्ड सामना गरे । विश्व च्याम्पियन बनेको फ्रान्स र क्यामरुनका समान तीन खेलाडीले रातो कार्ड पाए । प्रतियोगितामा एकपटक माात्र एकै खेलमा तीन रातो कार्ड देखाइएको थियो । चार खेलमा दुईपटक रातो कार्ड रेफ्रीले देखाए । यस प्रतियोगितामा तत्कालै चर्चित खेलाडी डेभिड बेकह्यामले अर्जेन्टिनाविरुद्धको खेलमा रातो कार्ड पाएका थिए । प्रिक्वार्टरफाइनल खेलमा इंग्ल्यान्डले अर्जेन्टिनाको सामना गरेको थियो । अर्जेन्टिनाका डिएगो सिमोनीलाई ट्याकल गरेपछि बेकह्यामले रातो कार्ड पाए । 

जापान र दक्षिण कोरिया (२००२) : रातो कार्ड : १७
जापान र दक्षिण कोरियाले संयुक्त रूपमा पहिलोपटक विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न अवसर पाए । एसियन भूमिमा पहिलोपटक विश्वकप भित्रिएको सन् २००२ मै थियो । यस विश्वकपमा रेफ्रीले १७ पटक रातो कार्ड देखाएका थिए । पोर्चुगल र पाराग्वेका खेलाडीले दुई–दुईपटक रातो कार्ड पाएका थिए । मेक्सिकोका अफिसियल फेलिपे रामोजले तीन खेलमा चारवटा रातो कार्ड देखाउँदै सनसनी मच्चाएका थिए । दक्षिण कोरिया र पोर्चुगलबीचको खेललाई उनले विवादास्पद रूपमा सञ्चालन गरेका थिए । उनले पोर्चुगलका जाओ पिन्टो र वेन्टोलाई अवसर नै नदिई सीधै रातो कार्ड देखाए । 

दक्षिण अफ्रिका (२०१०)  रातो कार्ड : १७
दक्षिण अफ्रिकाले सन् २०१० मा विश्वकप आयोजना गर्दै इतिहास नै बनायो । फिफाले पहिलोपटक अफ्रिकन भूमिमा विश्वकप आयोजना अवसर दिँदा दक्षिण अफ्रिकाले उत्कृष्ट नै बनायो । यस विश्वकपमा अफिसियलले १७ पटक रातो कार्ड देखाएका थिए । उनीहरूले १३ राष्ट्रका खेलाडीलाई ‘डाइरेक्ट’ रातो कार्ड देखाए । अल्जेरिया, अस्ट्रेलिया, ब्राजिल र उरुग्वेले समान दुई रातो कार्ड पाए । यस विश्वकपमा घानासँगको खेलमा उरुग्वेका मुख्य स्ट्राइकर लुइस सुआरेजले रातो कार्ड पाएका थिए । सुआरेजले आफ्नो पोस्टको गोललाइनबाटै हातले बल क्लियर गरेका थिए । तत्कालै रेफ्रीले उनलाई रातो कार्ड देखाए । 
 

ad
ad