स्याङ्जा २ मा प्रतिनिधिसभा सदस्यका लागि ४ मंसिरमा भएको मतदानको मतगणना सुरु भएको छ ।
राजनीतिक दलहरूबीचको विवादका कारण कास्की २ मा मतगणना हुन सकेको थिएन । निर्वाचन आयोगले मंगलबार तत्काल मतगणनाअघि बढाउन निर्देशन दिएपछि आजबाट गणना सुरु भएको हो ।
६० हजार १४७ महिला र ५६ हजार ६३१ पुरुष गरी एक लाख १६ हजार ७७८ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ४ मंसिरमा ७० हजार १९१ मत खसेको छ ।
यहाँ कांग्रेस उपाध्यक्ष धनराज गुरुङ सत्तागठबन्धनबाट तथा पूर्वमन्त्री पद्मा अर्याल एमालेबाट उम्मेदवार छन् । यी दुईबीच नै मुख्य प्रतिस्पर्धाको अनुमान गरिएको छ ।