Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर १४ बुधबार १२:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘प्रतिनिधिसभामा रहेका सबै विधेयक निष्क्रिय’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर १४ बुधबार १२:४४:००

संघीय संसद्को एक कार्यकाल पूरा भएको छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन भएसँगै अब दोस्रो संघीय संसद्को कार्यकाल सुरु हुने तरखरमा छ । मंसिर ४ गते भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी नै छ ।

अधिकांश स्थानमा भने मतपरिणाम आइसकेको छ । निर्वाचन परिणामलाई नियाल्दा कुनै पनि एक दलको मात्रै बहुमतको सरकार बन्ने स्थिति छैन । नेपाली कांग्रेस र नेकपा एमाले यी दुई पार्टीमध्ये कुनै एकको नेतृत्वमा बन्ने सरकार बाँकी दलहरूको सहयोगमा गठबन्धनकै सरकार बन्ने निश्चित छ ।

मतपरिणाम अन्तिम चरणमा पुगेसँगै आममानिसमा  संघीय संसदमा दर्ता भएका विधेयकहरू अब के होलान् ? भन्ने चासो र चिन्ता छ । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले संघीय संसदमा दर्ता भएका विधेयकमध्ये केही निष्क्रिय भइसकेको र केही भने विचाराधीन अवस्थामा रहेको बताए। उनले प्रतिनिधिसभामा उत्पादित भएर प्रक्रियागत रूपमा रहेका र प्रतिनिधिसभामा विचाराधीन रहेका विधेयकहरू निष्क्रिय भइसकेको बताए ।

राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका विधेयकहरू भने अधिवेशन सुरु भएपछि सोही अवस्थाबाट सुरु हुने बताए । राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका विधेयक १२ वटा छन् । सहायक प्रवक्ता धमलाले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेकाबाहेकका विधेयक भने निष्क्रिय भइसकेको बताए ।