१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १४ बुधबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ मङ्सिर १४ बुधबार ११:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन उपत्यका विकास प्राधिकरणकाे आग्रह    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ मङ्सिर १४ बुधबार ११:२२:oo

काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी, पर्ती, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ ।     

प्राधिकरणले आज सूचना प्रकाशित गरी उपत्यकाका नगरहरूको पुनर्निर्माण, विकास र विस्तारमार्फत काठमाडौं उपत्यकालाई व्यवस्थित गर्न अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन आग्रह गरेको हो ।

उपत्यकामा योजनाबद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्न काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ३ बमोजिम काठमाडौं उपत्यका विकास प्राधिकरण स्थापना भएको सूचनामा उल्लेख छ ।  

प्राधिकरणले अतिक्रमण गरी निर्माण गरिएका संरचना नहटाएमा प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लाग्ने लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गर्नेसमेत जनाएको छ ।