मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७९ मङ्सिर ९ शुक्रबार ११:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समानुपातिकतर्फ मोरङमा कांग्रेस पहिलो एमाले दोस्रो र राप्रपा तेस्रो 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ मङ्सिर ९ शुक्रबार ११:२०:००

मोरङमा समानुपातिकतर्फ सबैभन्दा बढी कांग्रेसले मत प्राप्त गरेको छ । शुक्रबार विहानसम्मको मतपरिणाम अनुसार मोरङमा कांग्रेसले प्रतिनिधि सभातर्फ ८४ हजार दुई सय ८१ र प्रदेश सभातर्फ ७९ हजार नौ सय ५४ गरि कुल एक लाख ६४ हजार दुई सय ३५ मत प्राप्त गरेको छ । 

यसैगरि एमालेले कुल एक लाख २९ हजार चार सय ६७ मत प्राप्त गरेको छ । एमालेले प्रतिनिधि सभामा ६३ हजार ८ सय १५ र प्रदेश सभामा ६५ हजार ६ सय ५२ मत पाएको छ । 

राप्रपाले प्रतिनिधि सभामा २७ हजार तीन सय २१ र प्रदेश सभामा ३८ हजार तीन सय ७१ सहित कुल ६५ हजार ६ सय ९२  मत पाएको छ । माओवादी केन्द्रले प्रतिनिधि सभामा २९ हजार ८ सय १९ र प्रदेश सभामा ३० हजार ८ सय २६ गरि जम्मा ६० हजार ६ सय ४५ मत प्राप्त गरेको छ । 

यसैगरि जनता समाजवादीले प्रतिनिधि सभामा १४ हजार नौ सय ४० र प्रदेश सभामा १६ हजार ६ सय ४८ मत प्राप्त गरेको छ । यहाँ जनमत पार्टीले प्रनिनिधि सभामा ५ हजार ६ सय ६७ र प्रदेश सभामा ६ हजार ८ सय ९९ मत पाएको छ  ।