कञ्चनपुर निर्वाचन क्षेत्र ३ मा कांग्रेसका उम्मेदवार रमेश लेखक निर्वाचित भएका छन्।
वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र ३ मा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले आफ्ना निकटतम् प्रतिद्वन्दी एवं निर्वतमान संसद् निरुदेवी पाललाई १२ हजार ७५ फराकिलो मतको अन्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। लेखकले ३० हजार, ५ सय २३ र पालले १८ हजार, ४सय ४८ मत पाएका छन्।
अघिल्लोपटक ०७४ मा लेखकले २६ हजार १०६मत पाएका थिए। यसअघि (कांग्रेस–माओवादी)बीच गठबन्धन हुँदा लेखकले ४ हजार ४१७ बढी मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुकारले २ हजार २८, नेपाल मजदुर किसान पार्टीका जानकीदेवी गिरीले १०६, लोकतान्त्रिक समाजवादी पार्टीका अम्बादत्त तिवारीले ९१, जनमत पार्टीका सुशीलादेवी विष्टले १३१, मौलिक जरोकिलो पार्टीका तिलकप्रसाद जोशीले २सय १६, हाम्रो नेपाली पार्टीका दुर्गादत्त पाण्डेयले २ सय ७८, कांग्रेसकै बागी दीपक सिंहले १ हजार, १४३, कांग्रेसकै बागी मदन दमाईं २ सय ५२, कांग्रेसकै अर्की बागी शारदादेवी चन्दले ७ सय ३८ र स्वतन्त्र उम्मेदवार सुभाससिंह धामीले १०५ मत ल्याएका छन्।
उक्त निर्वाचन क्षेत्रमा ९७ हजार, ८सय २२ मतदाता मध्ये कुल ५७ हजार ७५८मत खसेका थिए, जसमध्ये ५४ हजार ५९ सदर र ३ हजार ६सय ९९मत बदर भएका थिए।