जनता समाजवादी पार्टी (जसपा)का नेता प्रदीप यादव प्रतिनिधिसभा सदस्यमा पर्सा १ बाट निर्वाचित भएका छन्। पूर्वमन्त्री यादव दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।
यादवले २२ हजार ५३७ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले २० हजार ९१७ मत पाएका छन्। यादवले यसअघि ०७४ प्रतिनिधिसभा सदस्य निर्वाचन पनि जितेका थिए।