१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ७ बुधबार
  • Wednesday, 26 June, 2024
२o७९ मङ्सिर ७ बुधबार १२:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रोल्पा प्रदेशसभा (क)मा माओवादीका जोखबहादुर महरा विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ७ बुधबार १२:३३:oo

रोल्पाको प्रदेशसभा ‘क’मा वाम–लोकतान्त्रिक गठबन्धनबाट जोखबहादुर महरा विजयी भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य समेत रहेका महरा १९ हजार ४२५ मतको भारी मतान्तरका साथ विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कमलबहादुर बुढाथोकीले पाँच हजार चार सय पाँच मत प्राप्त गरेका छन् ।

लामो समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय रहेका महरा पहिलोपटक चुनावी प्रतिष्पर्धामा उभिएका हुन् । पहिलो माओवादी, दोस्रो कांग्रेस र तेस्रो एमाले रहेको यहाँ माओवादी–कांग्रेस मिलनले जोखबहादुर महरालाई पहिलो प्रदेशसभा प्रवेश झनै सहज भएको हो । यस क्षेत्रमा राप्रपाका पदम बहादुर थापाले दुई हजार ६० र राप्रपा नेपालका गन्जबहादुर शाहीले ६ सय १२ मत प्राप्त गरेका छन् । यहाँ २९ हजार ८ सय ८७ मत खसेको थियो ।

२०७४ को प्रदेशसभा निर्वाचनमा हालका लुम्बिनी प्रदेश मुख्यमन्त्री कुलप्रसाद केसी यहीँ क्षेत्रबाट विजयी भएका थिए । माओवादी–एमाले गठबन्धनबाट जितेका केसीले जम्मा खसेको ३३ हजार ८ सय ३३ मतमध्ये १८ हजार पाँच सय १२ मत प्राप्त गरेका थिए भने कांग्रेसका उम्मेदवारले १० हजार चार सय एक मत प्राप्त गरेका थिए ।
 

ad
ad
ad
ad