Skip This
पश्चिम नवलपरासी १ :  विनोद चौधरी र त्रिपाठीलाई पछाडि पार्दै स्वतन्त्र उम्मेदवार ठकुरी अगाडि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ६ मंगलबार
  • Friday, 26 July, 2024
२o७९ मङ्सिर ६ मंगलबार ११:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

पश्चिम नवलपरासी १ :  विनोद चौधरी र त्रिपाठीलाई पछाडि पार्दै स्वतन्त्र उम्मेदवार ठकुरी अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ६ मंगलबार ११:१३:oo

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विनोद चौधरी र नेकपा एमालेको समर्थनमा निर्वाचन लडेका जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयश त्रिपाठीलाई पछाडि पार्दै स्वतन्त्र उम्मेदवार महेन्द्र सेन ठकुरीले अग्रता लिएका छन् । 

सुरुवाती अग्रता उद्योगपति एवम् नेपाली कांग्रेसका चौधरीले लिएको भएपनि ठकुरी पछिल्लो मतगणना अनुसार चौधरी भन्दा ८९ मतले अगाडि छन् । त्यसैगरी त्रिपाठी भन्दा ठकुरी एक हजार १८ मतले अगाडि रहेका छन् । 

स्वतन्त्र उम्मेदवार महेन्द्र सेन ठकुरीले तीन हजार नौ सय ५९ मत प्राप्त गरेका छन् भने चौधरीले तीन हजार ८ सय ७० र त्रिपाठीले दुई हजार नौ सय ४१ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपाका भोजराज ढकालले ६ सय ६४ मत प्राप्त गरेका छन् ।