रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना रोकिएको छ । मतगणना गर्ने क्रममा देखिएको सदर र बदर मतको विषयमा विवाद हुँदा केही समय मतगणना रोकिएको हो ।
क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यको लागि चार हजार ८ सय ४३ मत गणना भएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले बताए । जसमा लोसपाका सर्वेन्द्रनाथ शुक्लाले साइकल चुनाव चिन्हमा एक हजार ८ सय ८३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसका प्रमोद यादवले रुख चिन्हमा १एक हजार तीन सय ४० मत प्राप्त गरेका छन्। जनमत पार्टिका भोपेन्द्र यादवले लाउडस्पिकर चिन्हमा एक हजार ३३ मत प्राप्त गरेका छन्।
विवाद देखिएको विषयमा सर्वददीयय बैठक बसि सहमतिको प्रयास भएको र केही समयमै मतगणना सुरु हुने आर्चायले बताए ।