१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ४ आइतबार
  • Sunday, 22 September, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o७९ मङ्सिर ४ आइतबार ११:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चार किरियापुत्रीले गरे मतदान

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o७९ मङ्सिर ४ आइतबार ११:o२:oo

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ निवासी चारजना किरियापुत्रीले आफ्नो आमा बितेको तीन दिनमै मतदान गरेका छन् । 

हृदयघातबाट ८१ वर्षीया आमा खड्गमाया श्रेष्ठको २ मंसिरमा मृत्यु भएको थियो । किरियापुत्रीहरु मानबहादुर, चूर्णप्रसाद, पूर्णप्रसाद र कमलप्रसाद श्रेष्ठले आमाको मृत्युको शोकमा पनि मताधिकार प्रयोग गरेका हुन् ।  उनीहरुले घरनजिकै रहेको देउरालीस्थित कालीदेवी माध्यमिक विद्यालय मतदान स्थलमा गएर भोट हालेका छन् । 

समाजमा किरिया बसेको बेला दोस्रो व्यक्तिलाई छुन नहुने परम्परागत चलन छ । ‘गाउँघरमा मृत्युसंस्कारमा मान्दै आएको पुरानो चलनलाई हामीजस्तै सचेत मानिसले विस्तारै परिवर्तन गर्नुपर्छ,’ भोट हालेर बाहिरिएपछि कान्छो छोरा कमलप्रसाद श्रेष्ठले भने । किरियापुत्रीले पनि अरुजस्तै लाइनमा बसेर मत जाहेर गरेका हुन् । 

श्रेष्ठ परिवारले भोट हालेको क्षेत्र प्रतिनिधिसभा– १, प्रदेशसभा क्षेत्र नं. २ हो । यहाँ सत्ता गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्रमा माधव सापकोटा ‘सुवोध’ र एमालेबाट सरेश नेपाललगायत १४ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेशसभा क्षेत्र नं. २ मा गठबन्धनबाट सरल सहयात्री पौडेल र एमालेका होमनारायण श्रेष्ठ प्रतिस्पर्धामा छन् ।