मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर २ शुक्रबार ०६:४६:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २ शुक्रबार ०६:४६:००

मौन अवधिमा के के गर्न पाइन्छ र के के गर्न पाँइदैन ? 
मंसिर १ गते बजे राति १२ देखि ‘स्थिर समय’ लागु भएको छ । १ गते राति १२ बजेभन्दा पछाडि आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि गर्न पाइँदैन । स्पष्ट रूपमा भन्नुपर्दा निर्वाचन प्रचारप्रसार, छलफल अन्तर्क्रिया, कार्यशाला, गोष्ठी, भेला आदि केही पनि गर्न पाइँदैन । मतदान हुनु ४८ घण्टा अगाडिदेखि मतदान स्थलभन्दा तीन सय मिटरवरपर प्रचारप्रसार सामग्री केही पनि राख्न पाइँदैन । कुनै पनि माध्ययमबाट मत माग्न पाइँदैन । 

मौन अवधिमा सामाजिक सञ्जाल प्रयोगको सन्दर्भमा के हुन्छ ? 
सामाजिक सञ्जालको प्रचारप्रसार पनि निषेध हुन्छ । कुनै पनि सन्देशलगायतका सामग्री पोस्ट गर्ने, लाइक गर्ने, सेयर गर्ने, कमेन्ट गर्नेलगायतका गतिविधि पनि गर्न पाइँदैन । सामाजिक सञ्जालमार्फत गरिएका प्रचार सामग्री सबै हटाउनुपर्छ । राजनीतिक दल तथा उम्मेदवार र भ्रातृ संस्थाका सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन पूर्ण रूपमा हटाउनुपर्छ ।

मौन अवधिमा आचारसंहिता उल्लंघन भएमा के कस्तो कारबाही हुन्छ ?
आचारसंहिताविपरितका कुनै पनि गतिविधि भएमा तत्क्षण नै निर्वाचन कसुरअनुसार कारबाही प्रक्रिया सुरु हुन्छ । आयोगले सम्बन्धित निकायलाई कारबाहीको निर्देशन पनि गरिसकेको छ । हामीले यस्ता विषयमा गम्भीरतापूर्वक चासो राखिरहेका छौँ ।