१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १९:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निर्वाचन सामग्रीसहित मनाङका मतदान केन्द्रमा खटिए कर्मचारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:३७:oo

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा कर्मचारी मतदान केन्द्रमा खटिएका छन्। 

निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम सकेपछि सामग्री बुझाएर मतदान केन्द्रमा पठाइएको जिल्ला निर्वाचन कार्यालय मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए। 

 उनका अनुसार एउटा मात्रै निर्वाचन क्षेत्र भएको मनाङमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दुई दिन तालिम प्रदान गरी सामग्रीसहित मतदान केन्द्रतर्फ पठाइएको हो। जिल्लाका २९ मतदान केन्द्रमा ५८ जना मतदान र सहायक मतदान अधिकृत खटाइएको शर्माले बताए। 

निर्वाचनका लागि मनाङमा दुई सय कर्मचारी निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्त गरी खटाइएको छ। एउटा मात्रै प्रतिनिधिसभा र दुईवटा प्रदेश सभा रहेको यस जिल्लामा ६ हजार सात सय ७९ मतदाता छन्। 

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन सुरक्षा अवस्था बलियो बनाइएकाले ढुक्क भएर निर्वाचनमा सहभागी भई मताधिकार उपयोग गर्न आग्रह गरे। 

चारवटा गाउँपालिका रहेको जिल्लामा  एक अस्थायी केन्द्रसहित २९ वटा मतदान केन्द्र रहेका छन् भने प्रदेश सभा १ मा दुई हजार छ सय २४ र प्रदेश सभा २ मा चार हजार एक सय ५५ मतदाता छन्।

ad
ad