१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ३० बुधबार
  • Sunday, 06 July, 2025
नवराज पनेरू डडेल्धुरा
२o७९ कार्तिक ३० बुधबार १६:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

२० वर्ष गठबन्धनकाे सरकार चलाएर देशको मुहार फेर्ने योजनामा छाैँ : देउवा 

Read Time : < 1 मिनेट
नवराज पनेरू, डडेल्धुरा
नयाँ पत्रिका
२o७९ कार्तिक ३० बुधबार १६:५६:oo

प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा सरकारको विरोध भएको झोकमा केपी शर्मा ओलीले संसद् विघटन गरेको आरोप लगाएका छन्।

गृहजिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकाको बोगटामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारको विरोध भएकै आधारमा ओलीले दुईपटक संसद् विघटन गरेको आरोप लगाए। 

‘जनताले चुनेका प्रतिनिधिले ५ वर्षसम्म काम गर्न पाउनुपर्छ भन्ने उद्देश्यले जथाभावी संसद् भंग गर्न पाउने अधिकार अहिलेको संविधानमा छैन,’ उनले भने, ‘तर ओलीजीले सरकारको विरोध भएको भन्दै दुईपटक संसद् विघटन गरिदिए। तर, हामी त्यस्तो गर्दैनौँ।’

देशको मुहार फेर्नका लागि गठबन्धन बनेको उनको दाबी छ। ‘१५–२० वर्षसम्म गठबन्धनलाई यथावत राख्दै सरकार चलाएर देशको मुहार फेर्ने योजना हो,’ उनले भने। 

देउवाले आज गृहजिल्ला डडेल्धुरामा तीन र बैतडीमा एक गरी चारवटा चुनावी सभालाई सम्बोधन गरेका छन्। यसअघि १७ कात्तिकमा गृहजिल्ला पुगेका देउवा चार दिन त्यतै बसेका थिए। 

सो क्रममा उनले सात पालिकाका सातवटा चुनावी सभालाई सम्बोधन गरेका थिए। मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देउवासहित डडेल्धुरामा ८ जना उम्मेदवार छन्। देउवा ०४८ यताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन्। यस्तै, दुई प्रदेश सभा क्षेत्रमा १२ जना उम्मेदवार छन्।