१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २३ आइतबार १४:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रचण्डको दाबी- प्रतिगमनकारी सहजै पराजित हुन्छन्  

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:४३:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले देशभरि अग्रमनकारी वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा माहाेल सिर्जना भएकाले प्रतिगमनकारी शक्ति सहजै पराजित हुने दाबी गरेका छन्। 

बुधबार मोरङको  ६(१) नम्बर निर्वाचन क्षेत्रको सुन्दरहरैँचा नगरपालिका– ७ स्थित  गछियामा वाम–लोकतान्त्रिक गठबन्धनले संयुक्त रूपमा आयोजना गरेको बृहत् चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन्। 

उनले देशमा संविधानको रक्षा गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन प्रतिगमनकारी शक्तिहरूलाई जसरी पनि हराउनैपर्ने जिकिर गरे। उनले सभामा आएका मतदातासँग गठबन्धनका उम्मेदवारलाई मत दिन अनुरोध गरे।

उनले भने, ‘गठबन्धन दलहरूका समर्थकलाई शान्ति, लोकतन्त्र, संविधानको रक्षा र समृद्धिका लागि भोट हाल्नैपर्छ। नत्र देश भयंकर संकटमा पर्नेछ र हामीले फेरि प्रतिगमनको विरोधमा आन्दोलन गर्नुपर्ने बाध्यता आउनेछ।’  

उनले एमालेलगायतका प्रतिगमनकारी शक्तिलाई परास्त नगरी देशमा र संविधानको रक्षा नहुने बताए। प्रचण्डले  निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने दाबी गरे। 

वाम–लोकतान्त्रिक गठबन्धन चुनावका लागि मात्र नभएर देशको रक्षाका लागि धेरैपछिसम्म कायम रहने उनको भनाइ थियो। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले देशमा  शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन  मोरङ ६ (१) बाट प्रतिनिधिसभामा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता डा. शेखर कोइरालाको महत्वपूर्ण योगदान बताए। उनले भने, ‘शेखरजी लगायतले स्वर्गीय गिरिजाबाबुको दाहिने हात भएर सहयोग नगरेको भए शान्ति प्रक्रिया अहिलेको अवस्थामा आइपुग्ने थिएन।’

प्रचण्डले प्रदेश सभाका उम्मेदवार जीवन आचार्य सक्रिय र विकासप्रेमी युवा भएकाले उनलाई पनि आफ्नो मत दिएर विजयी बनाउन आग्रह गरे। 

प्रचण्डले गठबन्धनले जितेमा सुन्दरहरैँचामा रहेको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज तुरुन्तै सञ्चालन गराउने, गछिया खोलामा दिगो तटबन्ध निर्माण गर्नेदेखि वर्षौँदेखि थाँती रहेको सुकुमबासी समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गरे।  

सोही आमसभामा कांग्रेसका नेता डा. प्रकाशशरण मतले एमाले अध्यक्ष केपी ओलीले दुई–दुईपटक संसद् विघटन गरेर लोकतन्त्रविरोधी काम गरेकाले अब लोकतन्त्रको रक्षाका लागि भन्दै जनतासँग मत माग्ने अधिकार नभएको बताए। 
‘फुटेर हाेइन जुटेर मात्र देश बन्छ। यसैले देशमा समृद्धि ल्याउन वाम–लोकतान्त्रिक गठबन्धन बनेको हो।’

उनले एमाले अध्यक्ष ओलीलाई कुरा मात्रै गर्ने, तर काम नगर्ने नेता भएको आराेप लगाए। उनले गठबन्धनले जितेमा पाँच वर्षभित्र ६५ वर्ष उमेर पुगेका सबै ज्येष्ठ नागरिकलाई वृद्धभत्ताको व्यवस्था हुने बताए। 
 

ad
ad