१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २९ मंगलबार
  • Wednesday, 26 June, 2024
२o७९ कार्तिक २९ मंगलबार १८:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रदीप उमेर मात्रले युवा होइनन्, नयाँ पुस्ताअनुसारको विचार बोकेका छन् : नरहरि आचार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २९ मंगलबार १८:o४:oo

नेपाली कांग्रेसका बौद्धिक नेता नरहरि आचार्यले काठमाडौं ५ मा प्रदीप पौडेलको नेतृत्व आवश्यक रहेको बताएका छन्। राजधानीमा सञ्चारकर्मीसँगको छलफलमा उनले यस्तो बताएका हुन्।

आचार्यले प्रदीप उमेर मात्रले युवा नभई नयाँ सोच र कार्यशैलीको पनि प्रतिनिधित्व गर्ने बताए। प्रदीपले देश र पार्टीलाई नयाँ बनाउने अभियानमासमेत भूमिका निभाइरहेको आचार्यको भनाइ थियो।

‘उनी नयाँ पुस्ता हुन्। उमेरले मात्र नयाँ पुस्ता भनेर हुँदैन। उनको राजनीतिक गतिविधि देखेको आधारमा भन्न सक्छु, उनले नयाँ पुस्ताअनुसारको विचार र कार्यशैली अपनाएका छन्,’ आचार्यले भने, ‘कांग्रेसमा पनि परिवर्तन आवश्यक छ भन्ने आवाज छ। कांग्रेसलाई नयाँ बनाउने बाटो उनले एक-दुई इँटा थप्नेछन्। यी सबै आधारमा उनलाई मत दिने आधार पुग्छ।’ 

त्यस्तै, उनले पौडेललाई काठमाडौंबाहिरको भनेर प्रचार गर्नुको कुनै तुक नरहेको बताए। उनले यस क्षेत्रमा अन्य क्षेत्रको तुलनामा मिश्रित खालका मतदाता रहेको र विवेक प्रयोग गर्ने गरेको विगत रहेको बताए। यस क्षेत्रका मतदाताले काठमाडौंबाहिरबाट आएका उम्मेदवार भनेर फरक मनोविज्ञान राख्ने नगरेको आफ्नो अनुभव उनले स्मरण गरे।

‘विगतमा पनि काठमाडौंबाहिरका उम्मेदवारले नै यस क्षेत्रमा जित हासिल गरेका हुन्। यसमा मतदाताको भिन्न मनोविज्ञान रहने गरेको छैन,’ उनको भने, ‘मलाई पनि बाहिरकै भन्थे। म पनि यहाँ पढ्न आएँ। ईश्वरजी पनि त काठमाडौंको होइन। उहाँ ०४८ मा धनुषाबाट उठ्नुभएको हो। यस क्षेत्रका मतदाताले विगतदेखि नै विवेक प्रयोग गर्दै आएका छन्। अहिलेको मनोविज्ञान पनि परिवर्तनकै पक्षमा रहेको पाएको छु।’

ad
ad
ad
ad