मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ११ आइतबार
  • Sunday, 23 February, 2025
रमेश सुवेदी काठमाडाैं
२o८१ फाल्गुण ११ आइतबार o८:१९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल सुपर लिग : आठ खेलाडी सर्वाधिक मूल्यमा बिक्री

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण ११ आइतबार o८:१९:oo

मिनी अक्सनमा नेपाली गोलकिपर र फरवार्डप्रति सहभागी सात टिमको अविश्वास, ६० मध्ये १६ खेलाडी बिकेनन् 

नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको मिनी अक्सनमा आठजना खेलाडीलाई सबैभन्दा अधिकतम बोली लागेको छ । शनिबार ललितपुरमा भएको अक्सनको क्याटेगोरी ‘ए’का मणिकुमार लामा, दिनेश हेन्जन, पासाङ लामा, आशिष गुरुङ, अभिषेक लिम्बू, जिलेस्पीजंग कार्की, सुमित श्रेष्ठ र सन्तोष खत्रीलाई सहभागी सात टिमले सर्वाधिक चार लाख खर्च गरेका हुन् । पासाङ लामाबाहेक सबै खेलाडीलाई एकभन्दा बढी टिमले मूल्य लगाएका थिए । सुमितलाई सर्वाधिक पाँच टोलीले बोली लगाएका हुन् । उनीहरू गोलाप्रथाबाट फरक टिममा पुगेका थिए ।

अक्सनमा सहभागी टिमले बढीमा २२ लाख खर्च गर्न पाउने नियम छ । तर, त्यसभन्दा २५ हजार धेरै खर्च गरेको ललितपुरले जरिवाना तिर्नुपर्ने भएको छ । त्यस्तै, दुई लाख २५ हजारमाथि बचाउ गरेका झापा, बुटवल लुम्बिनी र पोखरा पनि जरिवानामा परेका छन् । यता, मिनी अक्सनमा गोलकिपर र स्ट्राइकरलाई क्लबले विश्वास नै गरेनन् । उनीहरू विदेशी खेलाडी लिनेमा विश्वस्त देखिन्थे । जम्मा ६० मध्ये पहिलो चरणमा २१ खेलाडी अनसोल्ड रहे । दोस्रो चरणमा विस लिस्टबाट पाँच खेलाडी बिक्री भए ।

नेपाल स्पोर्टस् इभेन्ट एन्ड म्यानेजमेन्ट कम्पनीले ‘ए’ क्याटेगोरीमा १५ र ‘बी’मा ४४ खेलाडी समावेश गरेको थियो । यस्तो अवस्थामा सहभागी टिमलाई खेलाडी किन्नैपर्ने बाध्यकारी अवस्था सिर्जना भएको थियो । यसअघि नै एनएसएल खेलेका युवा तथा सहिद स्मारक ‘बी’ डिभिजन लिग खेल्न विभिन्न क्लब अनुबन्ध भएका दुई दर्जनभन्दा बढी खेलाडी अक्सनमा सहभागी भएनन् । पहिलो संस्करण धनगढी एफसीमा कप्तान रहेका गोलकिपर किरणकुमार लिम्बूले नाम फिर्ता लिए । विनाजानकारी नाम समावेश गरेको भन्दै उनले असन्तुष्ट जनाएपछि आयोजकले नाम फिर्ता लिएको हो । 

अक्सनमा क्याटेगोरी ‘ए’मा रहेका खेलाडीको बेस प्राइस दुई लाख र अधिकतम चार लाखसम्म थियो । त्यसमा यी खेलाडीलाई अधिकतम बोली लागेको थियो । क्याटेगोरी ‘बी’मा रहेका खेलाडीको बेस प्राइज एक लाख ५० हजार र अधिकतम मूल्य दुई लाख थियो ।