मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ११ आइतबार
  • Sunday, 23 February, 2025
उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्रअन्तर्गत गोरखपुर लिंक रोडमा शुक्रबार राति नेपाली दर्शनार्थी सवार दुर्घटनाग्रस्त स्कार्पियो । दुर्घटनामा चार नेपालीले ज्यान गुमाएका छन् ।
सौरभ यादव राजविराज
२o८१ फाल्गुण ११ आइतबार o६:o४:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

महाकुम्भबाट फर्कँदा फेरि अर्को दुर्घटना : तीन दुर्घटनामा १२ नेपाली दर्शनार्थीको मृत्यु

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ फाल्गुण ११ आइतबार o६:o४:oo

भारतको उत्तर प्रदेशमा रहेको प्रयागराजमा ४५ दिने महाकुम्भमा स्नान गर्न नेपाली दर्शनार्थीको पनि बाक्लो उपस्थिति छ । २६ फ्रेबुअरीसम्म चल्ने महाकुम्भबाट फर्कँदा भएका दुर्घटनामा नेपाली पनि परेका छन् । तीन दुर्घटनामा १२ नेपाली दर्शनार्थीले ज्यान गुमाइसकेका छन् । 

महाकुम्भबाट फर्किँदै गरेको स्कार्पियो शुक्रबार राति उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्रमा दुर्घटनामा पर्दा चारजना र ५ फागुनमा उत्तर प्रदेशकै आजमगढ वाराणसी रोडको डिभाइडरमा गाडी ठोक्किँदा तीन दर्शनार्थीको ज्यान गयो । त्यस्तै, १९ माघमा बिहारको मुजफ्फरपुरमा साइकललाई बचाउने क्रममा स्कार्पियो अनियन्त्रित भएर सडकमा बजारिँदा भएको दुर्घटनामा पाँच नेपालीले ज्यान गुमाएका थिए ।

नेपाली दर्शनार्थी सवार स्कार्पियो शुक्रबार राति उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्रअन्तर्गत गोरखपुर लिंक रोडमा बिआर ३८ एके ६७३३ नम्बरको गाडी दुर्घटना हुँदा सप्तरीका तीन र सुनसरीका एक गरी चार नेपालीको ज्यान गएको हो । ६ जना गम्भीर घाइते भएका छन् ।

ज्यान गुमाउनेमा सप्तरीको कञ्चनरूप नगरपालिका– ७ का लीलावती चौधरी र परशुराम चौधरी, वडा नम्बर ५ का हरिहरदेवी यादवको मृत्यु भएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए । दुर्घटनामा सुनसरीको कोशी गाउँपालिका– २ की ६० वर्षीया सन्तोलियादेवी यादवको पनि मृत्यु भएको सुनसरीका एसपी सुमन तिमिल्सिनाले बताए ।

सप्तरीका प्रहरी प्रमुख खतिवडाका अनुसार दुर्घटनाको खबर आएपछि परिवारका सदस्य भारत पुगेका छन् । ‘आइतबार शव ल्याइने भनिएको छ,’ उनले भने, ‘घाइतेको पनि भारतकै पहुंचाया जिल्ला अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, महाकुम्भबाट फर्किँदै गर्दा ५ फागुनमा उत्तर प्रदेशको आजमगढ वाराणसीमा युपी ५३ एफडी ४२८८ नम्बरको गाडी दुर्घटना हुँदा रुपन्देहीका तीनजनाले ज्यान गुमाएका थिए । दुर्घटनामा देवदह नगरपालिका– ९ का ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गंगा शर्माको ज्यान गएको देवदहका उपमेयर विद्यालक्ष्मी गुरुङले बताइन् । घाइते पाँचजना उपचारपछि फर्किसकेका छन् ।

कुम्भ मेलाबाट नौ नेपाली बोकेर फर्किरहेको भारतीय नम्बर बिआर ३२ पिए ४६६१ नम्बरको स्कार्पियो १९ माघमा बिहारको मुजफ्फरपुरमा दुर्घटनामा परेकोे थियो । दुर्घटनामा चारजनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको थियो । ज्यान गुमाउने सबै महोत्तरीका थिए ।

टिपर दुर्घटनामा एकको मृत्यु, तीनजना घाइते 
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ३ हर्बले चोकमा टिपर दुर्घटनामा एकको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । 

पाल्पाबाट चुनढुंगा बोकेर नवलपुरको विनयी त्रिवेणी– १ होङसी कम्पनीतर्फ आउँदै गरेको ना.१क ९१२९ नम्बरको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी यादव ढकालका अनुसार चालकको साथबाट मकवानपुर बागमती गाउँपालिका– ६ फापरवासीनिवासी ३२ वर्षीय नरबहादुर वाइबाको नाममा रहेको सवारीचालक अनुमतिपत्र फेला परेको छ । तर, ज्यान गुमाउनेको नाम यकिन भइसकेको छैन ।

दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका– ३ का २४ वर्षीय सुनील सार्की, २३ वर्षीय दीपक सुनार र पर्सा वीरगन्ज उपमहानगरपालिका– २७ का ३० वर्षीय ताज महमद हावारी घाइते भएका छन् । घाइतेको मध्यविन्दु प्रादेशिक अस्पताल डन्डामा उपचार भइरहेको छ ।