मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ११ आइतबार
  • Sunday, 23 February, 2025
डिलाराम भुसाल कपिलवस्तु
२o८१ फाल्गुण ११ आइतबार १७:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१५ किलो चरेससहित भारत जाँदै गरेका तीनजना कपिलवस्तुबाट पक्राउ

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८१ फाल्गुण ११ आइतबार १७:२२:oo

भारत लैजान लागिएको करिब १५ किलो चरेस कपिलवस्तुमा बरामद भएको छ। भारततर्फ चरेस लैजान खोजिएको जानकारीका आधारमा सीमा क्षेत्रबाटै चरेस र तस्करीमा संलग्न तीनजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको विशेष टोलीले नेपाल–भारत सीमा क्षेत्रको दशगजाबाट चरेससहित शनिबार तीनजनालाई नियन्त्रणमा लिएको हो। रोल्पाको थवाङ गाउँपालिका–५ की प्रेमसरी रोका, रुकुमु पूर्वको भूमे गाउँपालिका–२ की सरिता पुनमगर र कपिलवस्तुको शिवराज नगरपालिका– ९, बनियाभार बस्ने सुकलाल घर्तीमगर १४ किलो ७०० ग्राम चरेससहित पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार विशेष सुराकीको आधारमा खटाइएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक निरन्जनदत्त भट्टले यसअघि भरिया मात्र पक्राउ पर्ने गरेकोमा अहिले कारोबारी पक्राउ परेका बताए।