मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ११ आइतबार
  • Sunday, 23 February, 2025
रासस जेरुसेलम
२o८१ फाल्गुण ११ आइतबार १७:oo:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इजरायलले ‘वेस्ट ब्यांक’का तीन शरणार्थी शिविर खाली गर्‍याे

Read Time : < 1 मिनेट
रासस, जेरुसेलम
नयाँ पत्रिका
२o८१ फाल्गुण ११ आइतबार १७:oo:oo

इजरायली रक्षा मन्त्रालयले कब्जा गरिएको वेस्ट ब्यांकको उत्तरमा रहेका तीनवटा शरणार्थी शिविरलाई सेनाले खाली गरेको जनाएको छ। शिविरमा आगामी एक वर्षसम्म अन्य बस्ती बस्न रोक लगाइएको पनि सेनाले बताएको छ।

‘अहिलेसम्म ४० हजार प्यालेस्टिनीलाई जेनिन, तुलकर्म र नुर सम्सको शरणार्थी शिविरबाट बाहिर निकालिएको छ,’ इजरायली रक्षामन्त्री इजरायल काट्जले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

‘मैले सेनालाई खाली शिविरहरूमा लामो समयको उपस्थितिका लागि तयारी गर्न र त्यहाँका बासिन्दाको फिर्ती र आतंकवादको पुनरुत्थान रोक्न निर्देशन दिएको छु,’ काट्जले भनेका छन्।

यसअघि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले बन्धक रिहाइका समय गरिने ‘अपमानजनक समारोह’ रोक्ने प्रतिबद्धता नआएसम्म गाजा युद्धविराम सम्झौताअन्तर्गत प्यालेस्टिनी कैदीहरूको सातौँ समूहको रिहाइ प्रक्रिया ढिलो हुने बताएका छन्।

सम्झौताअन्तर्गत सशस्त्र इस्लामिक लडाकु समूह हमासले शनिबार बन्धकको रिहाइ प्रक्रियाअन्तर्गत सातौँ समूहका ६ बन्धकको रिहाइ गरिसकेको छ। बदलामा इजरायलले ६०० प्यालेस्टिनी बन्दीलाई शनिबार नै रिहा गर्ने सहमति भए पनि बन्धक रिहाइका समय हमासले गरेका ‘समारोह’ले बन्धक बनाइएका इजरायलीको अपमान भएको भन्दै इजरायलले बन्दी रिहा गर्न ढिलाइ गरेको छ।