मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ११ आइतबार
  • Sunday, 23 February, 2025
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण ११ आइतबार १९:५६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

२–२ को बराबरी खेल्दै नेपाल र म्यानमारले अंक बाँडे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण ११ आइतबार १९:५६:oo

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमारले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चारै गोल पहिलो हाफमा भयो। नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ र सविता रानामगरले समान एक–एक गोल गरे। म्यानमार शीर्ष र नेपाल दोस्रो रहे। बुधबार हुने फाइनल खेलमा नेपाल र म्यानमार नै भिड्नेछन्।

यसअघि नेपालले किर्गिस्तान र लेबनानविरुद्ध समान १–० को जित दर्ता गरेको थियो। यता म्यानमारले लेबनानलाई ३–१ र किर्गिस्तानलाई ५–० ले पराजित गरेको हो।

नेपाल र म्यानमारबीच यो पाँचौँ भेट हो। यसअघि नेपालले तीन हार बेहोर्दा एक बराबरीको नतिजा निस्केको थियो।

यसअघि खेलको छैटौँ मिनेटमा मयत खिनको गोलमार्फत म्यानमारले अग्रता लिएको थियो। उनले सेकेन्ड बार च्यापेर प्रहार गरेको फ्रिकिक सीधै गोल भयो। तेस्रो खेलमा अवसर पाएकी नेपाली गोलकिपर अन्जना रानमगरले बचाउने कुनै अवसर नै पाइनन्।

पाँच मिनेटपछि नै नेपालले बराबरी गोल फर्कायो। सावित्रा भण्डारीले चतुर्‍याइँपूर्वक निकालेको पासलाई सिक्स यार्ड बक्समा अनमार्क रहेकी सविता रानमगरले वान टचमै बराबरी गोल गरेकी हुन्। 

तर, मे एचटेट लुले १७औँ मिनेटमा म्यानमारलाई २–१ को अग्रता दिलाइन्। नेपाली डिफेन्डर गीता रानाले क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै लूले उत्कृष्ट गोल गर्दै अग्रता लिइन्।

सावित्राले ४०औं मिनेटमा गोल गर्दा नेपाल २–२ को बराबरीमा आयो। उनले प्रीति राईको पासलाई सदुपयोग गरिन्।  त्यसअघि सरू लिम्बूले प्रितीलाई चलाखीपूर्ण पास निकालेको थिइन्।