मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ११ आइतबार
  • Sunday, 23 February, 2025
२o८१ फाल्गुण ११ आइतबार १७:३o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

केपी ओली कप च्याम्पियनसिप सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ११ आइतबार १७:३o:oo

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा तेस्रो संस्करणको केपी ओली कप च्याम्पियनसिपको शुभारम्भ भएको छ।

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, वरिष्ठ कलाकार हरिवंश आचार्यसहितले प्रतियोगी खेलाडीलाई बल प्रदान गरेर प्रतियोगिता शुभारम्भ गरेका हुन्।

प्रथम महिला राधिका शाक्यसहित पुगेका प्रधानमन्त्री ओलीले एपिएफ क्लब नेपाल र ब्लाक बोल्ट क्लब उज्वेकिस्तानबिचको पहिलो खेल अवलोकन गरेका थिए।

कार्यक्रममा प्रधानमन्त्री ओलीलाई उनको ७४औँ जन्मदिनका अवसरमा विशेष शुभकामना दिइएको थियो। कलाकारहरू बद्री पंगेनी र समीक्षा अधिकारीले गीतबाटै प्रधानमन्त्री ओलीलाई सुस्वास्थ्य र दीर्घायुको कामना गरेका थिए।