मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ११ आइतबार
  • Sunday, 23 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण ११ आइतबार १७:१५:oo
Read Time : < 1 मिनेट
समाचार

 तीन सय ५४ ग्राम सुनसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण ११ आइतबार १७:१५:oo

चन्द्रागिरि नगरपालिका–२, नागढुंगामा तीन सय ५४ ग्राम सुनसहित भारत उत्तर प्रदेश गोन्डा बस्ने ३० वर्षीय राकेश कुमारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी प्रभाग नागढुंगासमेतबाट खटिएको प्रहरीले बेलहियाबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ४४१५ नम्बरको बसमा सवार उनलाई  चेकजाँचको क्रममा पक्राउ गरेको हो। थप कारबाहीका लागि उनलाई राजस्व अनुसन्धान विभाग पठाइने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।