डा. तोसिमाको उम्मेदवारी विवादमा सर्वोच्चले आज छिनोफानो गर्दै

सोमबार, २८ कार्तिक, २०७९
डिजिटल संस्करण

ललितपुर– ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने वा नरहने विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ।

मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत् राखेको थियो। त्यसविरुद्ध आयोगले दिएको भ्याकेट निवेदन सोमबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ भएको हो।

आयोगको निर्णयविरुद्ध तोसिमाले दिएको रिट निवेदनलाई पनि सँगै राखेर भएको सुनुवाइ सकिएको छ। तोसिमाको उम्मेदवारी कायमै राख्ने अन्तरिम आदेशलाई निरन्तरता दिने वा आयोगको मागअनुसार अन्तरिम आदेश खारेज गरी उम्मेदवारी अयोग्य गरिदिने निर्णय आजै दिनेछ।

सुझावित समाचार