काठमाडौं १ मा स्वतन्त्र उम्मेदवार लिम्बूको समर्थन सिंहलाई

शुक्रबार, २५ कार्तिक, २०७९
डिजिटल संस्करण

काठमाडौं क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार दुर्गा लिम्बूले उम्मेदवारी निष्क्रिय पारेर कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई समर्थन  गरेका छन् ।

क्षेत्र नम्बर १ मा आज एक कार्यक्रममार्फत उनले सिंहलाई समर्थन गरेको घोषणा गरे। कार्यक्रममा बोल्दै  लिम्बूले राजनीतिक स्थिरता र संविधान कार्यान्वयनको नेतृत्व यस क्षेत्रबाट सिंहले मात्रै गर्न सक्ने बताए । 

सिंहले लिम्बूलाई धन्यवाद दिँदै  काठमाडौं १ को विकासमा सँगसँगै रहने बताए ।

सुझावित समाचार