कामना सेवाको एकै दिन ३५ ठाउँमा वित्तीय साक्षरता कार्यक्रम

मंगलबार, २२ कार्तिक, २०७९
डिजिटल संस्करण

कामना सेवा विकास बैंकले स्थापनाको १६औँ वार्षिकोत्सवको अवसर पारेर एकै दिन ३५ ठाउँमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । स्थापना दिवस साप्ताहिक रूपमा मनाउने क्रममा बैंकले पहिलो दिन सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

बैंकले स्थापना सप्ताहका रूपमा देशव्यापी रूपमा सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम, रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविरलगायतका कार्यक्रम पनि राखेको जनाएको छ । 

बैंकले स्थापनाको १६औँ वर्षसम्मको यात्रामा साथ दिने ग्राहक, नियमनकारी निकाय, सेयरधनी, कर्मचारीलगायत सरोकारवालाप्रति आभार व्यक्त गरेको छ । 

सुझावित समाचार