लामालाई ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड

मंगलबार, २२ कार्तिक, २०७९
डिजिटल संस्करण

नेपाल उमा कुङ्फु संघका अध्यक्ष सिद्धार्थ लामालाई इन्डियन कुङ्फु फेडरेसन अफ इन्डियाले ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड प्रदान गरेको छ । भारतको लखनउमा विश्व कुङ्फु दिवसका अवसरमा आयोजित कार्यक्रममा लामालाई नगद एक लाख ६० हजार रुपैयाँसहित कदरपत्र प्रदान गरिएको हो ।

नेपाल, भारतलगायत अन्य राष्ट्रमा पनि कुङ्फु खेलको विकास र विस्तारमा समन्वयकारी भूमिका निर्वाह गरी उल्लेखनीय योगदान पुर्याएबापत लामालाई सम्मान गरिएको नेपाल उमा कुङ्फु संघले जनाएको छ । 

अध्यक्ष लामाले अवार्ड पाएकोमा खुसी व्यक्त गर्दै सम्मानले कुङ्फु खेलको विकास र विस्तारमा क्रियाशील रहन अझ हौसला र प्रेरणा मिलेको बताए । नेपाल उमा कुङ्फु संघका संस्थापकसमेत रहेका अन्तर्राष्ट्रिय निर्णायक लामाले भारतमा महिलालाई आत्मरक्षासम्बन्धी तालिम पनि दिएका छन् । लामाले हालै बेलायतमा सम्पन्न युरोपियन च्याम्पियनसिपको फम्स इभेन्टमा मुख्य जजको भूमिका निर्वाह गरेका थिए ।

सुझावित समाचार