एकैदिन १४ सयले बढ्यो सुनको मूल्य

आइतबार, २० कार्तिक, २०७९
डिजिटल संस्करण

सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु. ९४ हजार पाँच सय निर्धारण गरिएको छ। शुक्रबार प्रतितोला रु. ९३ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला रु. एक हजार चार सयले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९४ हजार छ । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला रु. ९२ हजार ६ सय थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. ५० ले बढेर रु. एक हजार दुई सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुझावित समाचार