प्रकाशनिधि तिवारी ईशान हस्पिटल
- सन्तुलित भोजनले रक्तअल्पता (एनिमिया) हुनबाट बचाउँछ । यसर्थ, प्रोटिन, भिटामिन बी, आइरन र फोलिक एसिडयुक्त खाना खानुपर्छ ।
- मासु, गेडागुडी र सागपात सकभर फलामको भाँडामा पकाएर खानुपर्छ । यस्तो भाँडामा पकाएर खाँदा आइरनको मात्रा स्वतः पूर्ति हुन्छ ।
- गर्भवतीले अनिवार्य आइरन चक्की सेवन गर्नुपर्छ । यद्यपि, आइरन चक्कीले मात्रै शरीरमा चाहिने आइरनको मात्रा नपुग्ने भएकाले खानामा पनि प्रोटिनसँगै यसको मात्रा बढाउनुपर्छ ।
- रगतमा हेमोग्लोबिनको कमीबाट रक्तअल्पता हुने भएकाले समय–समयमा रगत परीक्षण गरिरहनुपर्छ ।
- शरीरमा अल्छीपन हुने, मुखमा घाउ–खटिरा आउने, हातखुट्टा सुन्निने आदि रक्तअल्पताका लक्षण हुन् । यस्ता लक्षण असामान्य रूपमा देखा परेमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।
- साथै, सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।